दाँत निकाले पछि ध्यान दिनुपर्ने कुराहरू:

  • दाँत निकालेको कमसेकम एक घण्टा सम्म गज प्याग (दाँत फालेपछि टोकाएको औषधी लगाएको सफा कपडा) लगाएको टोकी राख्ने पछि सफा औलाले झिकेर फालिदिने
  • दुई घण्टासम्म नखाने
  • दांत निकालेको ठाउँमा जिब्रो, औला, सिन्काले नचलाउने,
  • २४ घण्टासम्म नथुक्ने, कुल्ला नगर्ने,
  • २४ घण्टासम्म तातो, सारो पिरो नखाने,
  • पेय पदार्थ पिउदा पाईपले नतान्ने, गिलासमा राखेर खाने,
  • २४ घण्टापछि मनतातो पानीमा नुन हालेर दिनको २-३ पटक हप्ता दिन सम्म कुल्ला गर्ने,
  • २४ घण्टासम्म थुकमा केही मात्रामा रगत देखा परेमा नआत्तिने २४ घण्टापछि
  • पनि रगत बगिरहेमा दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुपर्छ
  • दन्त चिकित्सक वा दन्त स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित औषधी सेवन गर्ने,
  • डाक्टरले लेखेको औषधी खाँदा एलेर्जी भएमा, शरीरमा राता डाबर आउनु, सास फेर्न गाहो हुनु, पसिना आउनु, मुटुको घड्कन बढ्नु) डाक्टरले दिएको औषधी थप अरु नखाने र तुरुन्त नजिकको डाक्टरलाई सम्पर्क राख्नुपर्छ,
  • दाँत निकालेपछि चुरोट, खैनी जस्ता हानिकारक पदार्थ सेवन नगर्ने.
  • घाउलाई टाका लगाईएको ( सिलाईएको) भए एक हप्तापछि सम्पर्क राख्ने ।